१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैले कसैको पैसा खाएको छैन्, प्रमाणित भए कानूनसम्मत सजाय भोग्न तयार छु’



अ+ अ-

काठमाडौँ । बाल तपस्वी उत्तम भट्ट महाराजले आफूमाथि लाखौं रकम खाएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छ्न । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नुवाकोट थानसिंह घर भएकी होमकुमारी ओझाले १२ लाख रकम खाएको भनेर आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको खण्डन गरेका हुन् ।

२०७१/०७२ सालमा नुवाकोटमा भागवत सप्ताह आयोजना गर्दा ती महिलासँग चिनजान भएको भट्टको भनाई छ । उनले भने,‘त्यो बेलामा चिनजान भएको हो । उहाँकै पहलमा सप्ताह आयोजना गरिएको थियो । त्यो कार्यक्रममा केरकति खर्च भएको हो भन्ने कुरा उहाँले जान्ने विषय हो । उहाँसँगको सहकार्यमा हामीले केही कार्यक्रम गरेका थियौं । तर, पछि उहाँले मेरो यति खर्च भयो, उति भयो भनेर पैसा माग्न थालेपछि मैले सहकार्य नगरेको हो ।’ ओझासँगको सहकार्य आफूले टुटाएपछि प्रतिशोधको भावनाले आफूमाथि हुँदै नभएको आरोप लगाएर मानहानी गरेको पनि भट्टको दाबी छ ।

उनले आफूमाथि लगाएको आरोप आफ्नो व्यक्तिगत जीवनमाथि लगाईएको आरोपमात्रै नभएर समग्र हिन्दू धर्ममा आस्था राख्ने सम्पूर्णमाथि नै प्रहार भएको पनि टिप्पणी गरेका छन् । आफूमाथि लगाइएको आरोप पुष्टि भए जस्तोसुकै कानूनी सजाय भोग्नपनि आफू तयार रहेको उनले स्पष्ट पारे । उनले भने,‘१२ लाख रुपैयाँ खाएको नक्कली फोटोकपीको आधारमा म माथि गलत आरोप लगाइएको छ । कुनै प्रमाण छ भने त्यसलाई न्यायसम्मत ढंगले अघि आएर कानूनी उपचार खोज्नुहोस, तर यस्तो हुँदै नभएको विषयलाई कसैलाई फसाउने नियोजित षड्यन्त्र भने नगर्नुहोस ।’

उनले ओझाले बिना प्रमाण झुठो आरोप लगाएकोमा आपत्ति जनाए । । उनले भने,‘केहीदिन अगाडि केही मिडियाबाट मेरो गलत प्रचार गरियो । मैलै कसैको पैसा खाएको छैन्, यदि मैलै पैसा खाएको भए म कानूनसम्मत् सजाय भोग्न म तयार छु ।’ उनले आफूलाई ओझाले विभिन्न माध्यमबाट धम्की दिईरहेको पनि सुनाए । उनले भने,‘कतिसम्म भने मैले पैसा नबुझाए बल प्रयाग गरेर उठाउने समेत धम्की आएको छ । मैले पैसा नदिए उठाएर नुवाकोट लैजानेसम्मको धम्की दिनुभएको छ ।’ 

उनले आफूले कसैको पैसा नखाएको जिकिर गरे । उनले भने,‘एउटा फोटोकपी देखाएर पैसा खायो भन्न मिल्छ रु फोटोकपी त जोसित पनि हुनसक्छ । त्यो सक्कल प्रमाण देखाउनुपर्छ । उहाँले कुनै कानूनी आधारविना तथ्यहीन कुरालाई अगाडि बढाउनु भएको छ । सही भएको भए कानूनी प्रक्रियामार्फत मसित पैसा उठाउन सक्नुहुन्छ । तर, उहाँले त्यस्तो गर्नुभएन ।’