१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक विकासमा पूर्वाग्रह नराखौँ : पूर्वअर्थमन्त्री पौडेल



अ+ अ-

बुटवल । नेकपा(एमाले का नेता विष्णुप्रसाद पौडेलले आर्थिक तथा औद्योगिक विकासमा पूर्वाग्रह नराख्न आग्रह गर्नुभएको छ । रुपन्देही उद्योग सङ्घको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै पौडेलले विकासमा पूर्वाग्रह राख्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न अनुरोध गर्नुभयो । 

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणमा सहभागी गराउने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने धारणा राख्नुभयो । पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको जनाउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको भन्दै सच्याउन सुझाव दिनुभयो । 

उहाँले बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनामा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुने बताउनुभयो ।  “उद्योगको विकासबिना देशको आर्थिक विकास सम्भव छैन, सोही मान्यताका साथ बजेटमा निजी क्षेत्रको भावनालाई समेटेर बजेट आएको थियो, तर अहिले केही कटौती गर्ने काम भएको छ, त्यो गलत हो, विकासमा कोही बाधक बन्न हुँदैन”, पौडेलले भन्नुभयो । 

पौडेलले यस क्षेत्रमा अगाडि बढाइएका विकासका योजना तथा कार्यक्रम जुन उद्देश्यले अगाडि बढाइएको र त्यसमा कसैले हेल्चक्रयाइँ नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “पुराना योजना र कार्यक्रममा कैची चलाउने कोसिस भएको सुनेको छु, त्यो काम नहोस्, नीति–नियम बनाएर काम अगाडि बढाउनेतर्फ लागियोस् ।”

सम्बोधनका क्रममा निर्माणको अन्तिमचरण पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउने विषयमा सरकारले आनाकानी गरेको प्रति सचेत गराउँदै यस क्षेत्रको आर्थिक विकासका लागि उक्त काम रोकिन नहुने उहाँले धारणा राख्नुभयो ।

उहाँले मोतिपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीले नै पहलकदमी लिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वउद्योगमन्त्री तथा प्रदेश सदस्य लीला गिरीले उद्योगको संरक्षण र विकासका लागि आफ्नो पालामा धेरै राहत तथा सहुलियत प्याकेजका कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै त्यसअनुसार काम हुन सकेमा औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले मुलुकको औद्योगिक विकास र आत्मनिभर अर्थतन्त्रको विकासमा राजनीतिक द्वन्द्वका कारण बाटो बिराउने अवस्था आएको हुदाँ त्यसलाई रोक्न उद्योगीले खबरदारी गर्ने बेला आएको बताउनुभयो । उद्योगको विकासलाई व्यवस्थित बनाउने दायित्व सबैको भएको हुँदा त्यसमा राजनीति नगर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रनाथ पाण्डेले निजी क्षेत्रको विकासका लागि सरकारले लगानीमैत्री र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो । लुम्बिनी प्रदेश उद्योग परिसङ्घका अध्यक्ष एवं सङ्घका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले उद्योगमुखी अर्थतन्त्र विकासका लागि औद्योगीकरणको विकास गर्दै आयातमुखी अर्थतन्त्रको प्रतिस्थापन गर्दै लानुपर्ने कुरामा जोड दिनुभयो ।