१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी  १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् । कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो ।  

यहाँका मानिसहरू  देशकै ठूलो कङ्गो नदीमा  असुरक्षित यात्रा गर्न बाध्य छन् । उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको  छ भने अन्य  ६० जना अझै बेपत्ता रहेको विश्वास  गरिएको छ । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन् । 

यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो  । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुङ्गा हो । 

प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ । 

पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन् ।