१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा बस दुर्घटना हुँदा अछामका शाहीको मृत्यु, नौ घाइते



अ+ अ-

सुर्खेत । सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटना भएको छ । शनिबार राति ८ बजे कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ दारेभिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताए। बसमा २७ जना यात्रु रहेका थिए।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै पट्टा भाच्चिएर अनियन्त्रित भइ दुर्घटना भएको बुढाले बताए। बसका चालक फरार रहेकाले खोजी जारी रहेको उनको भनाइ छ।