२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री हमालद्वारा राजीनामाको घोषणा



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । उद्योगमन्त्री हमालले आईतबार पदबाट राजिनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई राजिनामा बुझाउने तयारी गरेका हुन् । 

‘मैंले राजीनामाको घोषणा गरें,’ मन्त्री हमालले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उनले आफू पदका लागि राजनीति नगरेको बताए । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भने, ‘मैंले पदका लागि राजनीति गरिनँ र गर्ने पनि छैन ।’ आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको उल्लेख गर्दै प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको समेत बताएका छन् । 

प्रधानन्यायाधीश जबराका नातेदार हमाललाई उनकै चाहना बमोजिम नियुक्ति दिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएपछि हमालले राजीनामाको घोषणा गरेका हुन् ।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।