१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवाः जातीय महासंघको तदर्थ कार्य समिति गठन



अ+ अ-

काठमाडौं । नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 

भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ ।त्यसैगरी, राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव पदमा चुनिएका छन् भने रजक समाजका किरण मघैयालाई सचिव पदमा बसेका छन् ।

कोषाध्यक्षको जिम्मेवारी पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवारले पाएका छन् । चार जना सदस्यमा नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर मालीलाई राखिएको छ । 

१८ वटा जातिय संगठनका प्रतिनिधि साथै संचारकर्मी, नेवाः अभियानकर्मीसमेतको भेलाले महासंघ तदर्थ कार्य समितिको चयन गरेको हो । तदर्थ कार्य समिति चयन पछि नेवाः देय् दबूका पूर्व सचिव साथै अध्येता जितेन्द्र विलास बज्राचार्यले समितिका पदाधिकारी र सदस्यलाई खादा ओढाउनुभयो । 

महासंघ तदर्थ समितिका अध्यक्षमा चयन भइसकेपछि बोल्दै नेवाःले नेवाः समाजको शक्तिको रुपमा रहेको जातिय समाजको शक्ति एकै ठाउँमा संचय गर्दै थप उर्जाशील भएर समग्र समाजको उत्थानको लागि अघि बढ्ने बताउनुभयो । ‘हरेक गतिविधि, आन्दोलनमा यहि जातिय संगठनहरु नेवाः समुदायको शक्ति बनेर अग्रपंक्तिमा उभिएको छ, तर जातिय संगठनहरुलाई जहिल्यै कार्यकर्ताकै दर्जामा मात्र राखियो ।

अब हामी सबै संगठित हुँदै थप उर्जाका साथ आफ्नो हक अधिकारको लागि अघि बढ्नेछौं’ नेवाःले भन्नुभयो । महासंघमा हाल १८ वटा जातिय संगठनको संलग्नता रहेकोमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताउनुभयो । महासंघले आउँदो कार्तिक ६ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।