२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवाः जातीय महासंघको तदर्थ कार्य समिति गठन



अ+ अ-

काठमाडौं । नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 

भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ ।त्यसैगरी, राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव पदमा चुनिएका छन् भने रजक समाजका किरण मघैयालाई सचिव पदमा बसेका छन् ।

कोषाध्यक्षको जिम्मेवारी पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवारले पाएका छन् । चार जना सदस्यमा नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर मालीलाई राखिएको छ । 

१८ वटा जातिय संगठनका प्रतिनिधि साथै संचारकर्मी, नेवाः अभियानकर्मीसमेतको भेलाले महासंघ तदर्थ कार्य समितिको चयन गरेको हो । तदर्थ कार्य समिति चयन पछि नेवाः देय् दबूका पूर्व सचिव साथै अध्येता जितेन्द्र विलास बज्राचार्यले समितिका पदाधिकारी र सदस्यलाई खादा ओढाउनुभयो । 

महासंघ तदर्थ समितिका अध्यक्षमा चयन भइसकेपछि बोल्दै नेवाःले नेवाः समाजको शक्तिको रुपमा रहेको जातिय समाजको शक्ति एकै ठाउँमा संचय गर्दै थप उर्जाशील भएर समग्र समाजको उत्थानको लागि अघि बढ्ने बताउनुभयो । ‘हरेक गतिविधि, आन्दोलनमा यहि जातिय संगठनहरु नेवाः समुदायको शक्ति बनेर अग्रपंक्तिमा उभिएको छ, तर जातिय संगठनहरुलाई जहिल्यै कार्यकर्ताकै दर्जामा मात्र राखियो ।

अब हामी सबै संगठित हुँदै थप उर्जाका साथ आफ्नो हक अधिकारको लागि अघि बढ्नेछौं’ नेवाःले भन्नुभयो । महासंघमा हाल १८ वटा जातिय संगठनको संलग्नता रहेकोमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताउनुभयो । महासंघले आउँदो कार्तिक ६ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।