१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्दछ’



अ+ अ-

गण्डकी । सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीद्वारा संकलित पुँजीलाई उत्पादनसंग जोडनुको विकल्प नभएको बताउनुभयो ।

कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सो साधारण सभाको उद्घाटन गर्दै विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण आर्थिक कारोबार गर्ने संस्थाहरु सबै भन्दा बढी मारमा परेको बताउनुभयो । विश्वका २२१ राष्ट्रहरुमा सहकारी संस्था कृयाशिल रहेको जानकारी दिंदै उहाँले समृद्धि र रोजगार सिर्जना गर्नका लागि सहकारीको संख्या नभई शेर पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

पोखरा महानगर सहकारी समितिका सदस्य राधीका शाही योगीले सहकारीहरुले प्राप्त गरेको कार्य क्षेत्रमा आप्mना गतिविधि बढाउँदै महिलालाई आयआर्जनसंग जोडने खालका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । महानगर सहकारी संघका उपाध्यक्ष लक्ष्मण कोइरालाले नविनतम प्रविधि सहित उत्पादनमा सहकारी बीच प्रतिष्पर्दा हुनु पर्ने आवश्यकता औल्याउनुभयो । संस्थाका सल्लाहकार संयोजक एवम् कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सहकारी समाजका विपन्न वर्गको जिविकोपार्जनसंग जोडिनु पर्नेमा जोड दिनुभयो ।

समारोहमा संस्थामा एक बर्षसम्म कारोवार गर्नेमध्ये असल ऋणीतर्पm भक्तबहादुर गुरुङ र असल कारोवारीतर्पm विनिता जिसीलाई सम्मान गरिएको थियो । वार्षिक साधारण सभाले संस्थाका अध्यक्ष बासुदेव पौडलले सांगठानिक, नितु शाहीले आर्थिक, रुकुम बहादुर जिसीले लेखा प्रतिवेदन र संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोलाले प्रस्तुत गर्नुभएको शेयर सदस्य सहयोग कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार बिष्णुबहादुर द्धारे, घारीपाटन सहकारीका सचिव लिलबहादुर जिसी, उपाध्यक्ष पवित्रा जि.सी, सचिव गणेश श्रेष्ठ, सञ्चालक कमल पौडेल लगायतले सहकारीको आवश्यकता र महत्व माथि प्रकाश पार्नु भएको थियो ।

कोरोना कहरका बीच असोज १७ गतेदेखि  शुरु भएको साधारण सभा आज सम्पन्न भएको हो । चारसय तीन जना शेयर सदस्य रहेको संस्थाको साधारण सभाले ७० बर्ष उमेर पुगेका शेयर सदस्यको मासिक वचतको रकम आवश्यकता अनुसार फिर्ता गर्ने समेत निर्णय गरेको छ ।