१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनको मन्त्री, २ बजे मन्त्री क्वाटर सर्ने साईत तर बिहानै राजीनामा



अ+ अ-

काठमाडौँ । साक्षर गण्डकी प्रदेश घोषणा समारोह सहभागी हुन बिहान नौ बजे पोखरा जान लाग्नु भएका प्रधानमन्त्री वालुवाटारबाट बिमानस्थल निस्कने तयारीमा हुनहुन्थ्यो । त्यसै बेला नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल वालुवाटार पुग्नुभयो । हतारमा रहनु भएका प्रधानमन्त्री देउवालाई मन्त्री हमालले भन्नुभयो म त राजीनामा बुझाउन आएको । हमालले यस्तो भन्दै गर्दा प्रधानमन्त्री देउवाले भन्नुभयो पर्दैन ।

हमालले भन्नुभयो- "मैले यसो विचार गरे, धेरै सोचें, मेरा कारणले तपाईँहरुलाई पनि विवादमा ल्याएको छ । म पनि किन विवादमा परुँ भन्ने लागेको छ, त्यसैले म राजीनामाको मुडमा पुगेको छु ।" उनले त्यसो भनेपछि प्रधानमन्त्री देउवाले भने किन राजीनामा दिनु ? कस्ले भन्यो ? भनेर उनलाई हप्काएका थिए । हमालले "होइन प्रधानमन्त्रीज्यू मैले निर्णय लिइसकेँ" भनेपछि प्रधानमन्त्रीले भने पख्नुस् म अहिले पोखरा जाँदैछु, भरे आउँछु अनि सल्लाह गरौँला ।

विहान ९ बजे बालुवाटार पुगेका मन्त्री हमाल प्रधानमन्त्रीले त्यसो भनेपछि बालुवाटारबाट बाहिरिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भयो र स्वीकृत समेत भइसकेको छ । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराका जेठान हुन् । यसैकारणले उनलाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको आरोप छ ।

पूर्व कार्यतालीका अनुसार मन्त्री हमाल आजै पुल्चोकमा रहेको मन्त्री क्वाटर सर्ने तयारी रहेको थियो । उनको पारिवारिक स्रोतका अनुसार मन्त्री हमालले आज अपराह्न २ बजे मन्त्री क्वाटर सर्ने साईत जुराएर तयारी गरेका थिए । यता आजै साढे १० बजे उद्योगी व्यवसायी एवं चेम्बरका पदाधिकारीहरुलाई भेट गर्ने समय पनि दिईएको थियो । उनलाई बधाई दिन आउन लागेका व्यवसायीहरुलाई हमालले साढे दश बजेको समय दिएका थिए ।