१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनको मन्त्री, २ बजे मन्त्री क्वाटर सर्ने साईत तर बिहानै राजीनामा



अ+ अ-

काठमाडौँ । साक्षर गण्डकी प्रदेश घोषणा समारोह सहभागी हुन बिहान नौ बजे पोखरा जान लाग्नु भएका प्रधानमन्त्री वालुवाटारबाट बिमानस्थल निस्कने तयारीमा हुनहुन्थ्यो । त्यसै बेला नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल वालुवाटार पुग्नुभयो । हतारमा रहनु भएका प्रधानमन्त्री देउवालाई मन्त्री हमालले भन्नुभयो म त राजीनामा बुझाउन आएको । हमालले यस्तो भन्दै गर्दा प्रधानमन्त्री देउवाले भन्नुभयो पर्दैन ।

हमालले भन्नुभयो- "मैले यसो विचार गरे, धेरै सोचें, मेरा कारणले तपाईँहरुलाई पनि विवादमा ल्याएको छ । म पनि किन विवादमा परुँ भन्ने लागेको छ, त्यसैले म राजीनामाको मुडमा पुगेको छु ।" उनले त्यसो भनेपछि प्रधानमन्त्री देउवाले भने किन राजीनामा दिनु ? कस्ले भन्यो ? भनेर उनलाई हप्काएका थिए । हमालले "होइन प्रधानमन्त्रीज्यू मैले निर्णय लिइसकेँ" भनेपछि प्रधानमन्त्रीले भने पख्नुस् म अहिले पोखरा जाँदैछु, भरे आउँछु अनि सल्लाह गरौँला ।

विहान ९ बजे बालुवाटार पुगेका मन्त्री हमाल प्रधानमन्त्रीले त्यसो भनेपछि बालुवाटारबाट बाहिरिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भयो र स्वीकृत समेत भइसकेको छ । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराका जेठान हुन् । यसैकारणले उनलाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको आरोप छ ।

पूर्व कार्यतालीका अनुसार मन्त्री हमाल आजै पुल्चोकमा रहेको मन्त्री क्वाटर सर्ने तयारी रहेको थियो । उनको पारिवारिक स्रोतका अनुसार मन्त्री हमालले आज अपराह्न २ बजे मन्त्री क्वाटर सर्ने साईत जुराएर तयारी गरेका थिए । यता आजै साढे १० बजे उद्योगी व्यवसायी एवं चेम्बरका पदाधिकारीहरुलाई भेट गर्ने समय पनि दिईएको थियो । उनलाई बधाई दिन आउन लागेका व्यवसायीहरुलाई हमालले साढे दश बजेको समय दिएका थिए ।