२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ : श्रममन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । 

शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताउनुभयो । 

कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये पनि ५३ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्नेछन् ।” उहाँले रोजगारउन्मुख सीपमूलक एवं व्यावसायिक तालिम, नीति, ट्रेड युनियनसम्बन्धी एकीकृत कानून र नियमन, बालश्रम निवारणसम्बन्धी नीति तथा कानून निर्माणका लागि ठोस योजना बनाइने बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्योगमैत्री नीति निर्माणका लागि सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना महामारीका कारण उद्योग क्षेत्र धरासायी भएकाले सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।