१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा भत्ता वितरण दिदैँ सहकारी संस्था



अ+ अ-

झापा । झापाको एउटा सहकारी संस्थाले दसैँको अवसर पारेर ज्येष्ठ, एकल महिलालगायत ९३५ सदस्यलाई रु एक करोड सात लाख ४९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज भत्ता स्वरुप सो रकम वितरण गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार ५९२ एकल महिलालाई रु ४७ लाख ३६ हजार, २४२ ज्येष्ठ सदस्यलाई रु १६ लाख ७६ हजार र १२ एकल पुरुषलाई रु ७२ हजार प्रदान गरिएको छ । ७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पु¥याउनका लागि सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख प्रदान गर्दै आएको छ । यो राहतबापत १७ जनालाई रु २६ लाख वितरण गरिएको छ । दिवङ्गत भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रमअन्तर्गत रु  १५ लाख ७५ हजार वितरण गरेको छ ।

शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत रु १० हजारका दरले रु ९० हजार प्रदान गरेको छ । कोभिड १९ बाट ज्यान गुमाएका संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा रु १० लाखको अक्षयकोष परिवारका तर्फबाट स्थापना गरिएको घोषणा गरिएको छ ।

 अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो । सोही कार्यक्रममा बिर्तामोड–८ का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पु¥याएबापत विशेष सम्मान गरिएको छ । उहाँले आफ्नो श्रीमान्को मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आउनुभएको छ ।

सहाराले जीवन बरदान कार्यक्रमअन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा रु ६० हजार र स्वयं सदस्यको मृत्यु भएमा रु एक लाखदेखि पाँच लाखसम्म राहत प्रदान गर्दै आएको संस्थाका धुलावारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो । 

सदस्य बिरामी हुँदा रु १० लाखसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे तीन लाखसम्म उपचार खर्च र कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई सात हजारसहित पोषण सामग्री प्रदान गर्ने समेत उहाँले बताउनुभयो ।