२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा घरेलु हिंसाबाट मारिएकी धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना



अ+ अ-

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएका हुन् । 

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।  

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताउनुभयो । उहाँले काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरुको माग सुनुवाइ हुन नसकेको बताउनुभयो ।

स्थानीय दर्जीले भन्नुभयो, ‘१५ जना छौँ, २० दिन लाग्यो, १ गते बाँकेको सिडिओ कार्यालयबाट हिँडेका हौँ, रातदिन हिँड्यौैँ, कहीँ ढुंगामा सुत्यौँ, कतै बाटोमा सुत्यौँ,कहीँ पानीमा सुत्यौँ, धेरै गाह्रो भएछ, न्याय माग्न आएका हौँ, हामीलाई न्याय चाहियो,हाम्रो माग पूरा होस्,हामी त्यसपछि फर्किन्छौं, १९ दिन सिडिओ कार्यालयमा धर्ना बस्यौँ नेपालगञ्जमा, यहाँ पनि ५ दिन भयो सुनुवाइ भएको छैन,जबसम्म सुनुवाइ हुँदैन, तबसम्म यहीँ हामी धर्ना बस्छौँ ।’

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको बताएका छन् । उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् । पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरु काठमाडौंका लागि पैदल हिँडेका थिए ।