१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा घरेलु हिंसाबाट मारिएकी धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना



अ+ अ-

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएका हुन् । 

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।  

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताउनुभयो । उहाँले काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरुको माग सुनुवाइ हुन नसकेको बताउनुभयो ।

स्थानीय दर्जीले भन्नुभयो, ‘१५ जना छौँ, २० दिन लाग्यो, १ गते बाँकेको सिडिओ कार्यालयबाट हिँडेका हौँ, रातदिन हिँड्यौैँ, कहीँ ढुंगामा सुत्यौँ, कतै बाटोमा सुत्यौँ,कहीँ पानीमा सुत्यौँ, धेरै गाह्रो भएछ, न्याय माग्न आएका हौँ, हामीलाई न्याय चाहियो,हाम्रो माग पूरा होस्,हामी त्यसपछि फर्किन्छौं, १९ दिन सिडिओ कार्यालयमा धर्ना बस्यौँ नेपालगञ्जमा, यहाँ पनि ५ दिन भयो सुनुवाइ भएको छैन,जबसम्म सुनुवाइ हुँदैन, तबसम्म यहीँ हामी धर्ना बस्छौँ ।’

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको बताएका छन् । उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् । पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरु काठमाडौंका लागि पैदल हिँडेका थिए ।