१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाङ्का र हस्तकलाका सामग्रीभित्र लागूू औषध चरेस ओसारपसार



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको लागूू औषध नियन्त्रण ब्यूूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।
 
ब्यूूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो । ब्यूूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले  ललितपुरको मानभवनस्थित ब्लुुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का  र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूूरो प्रमुख हृदयेश थापाले जानकारी दिनुुभयो ।

लागूू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।

अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेश दिने सिन्धुुपाल्चोक लिसखुु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो । 

पर्सा सखुवापर्सोनी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुुनाई काम गर्ने दिनदयाल महतो र  दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूूरो  सफल भएको छ । प्रहरीले मकवानपुुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो । 
 
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुुभयो ।