१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छः सभापति देउवा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो । 

पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उहाँले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताउनुभयो ।

प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गर्नुभएको र उहाँले पार्टीबाट लिनेभन्दा पनि दिने काम गर्नुभएको भन्दै सभापति देउवाले आचार्यकोे योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राख्नुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताउनुभयो । कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
 
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः कांग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताउनुभयो । 

कास्की कांग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभयो । प्रजातन्त्र सेनानी आचार्यले नेपाली कांग्रेस पोखरा–७ एकाइका लागि रु ५० लाख सहयोग हस्तान्तरण गर्नुभयो ।