काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ ।
गएराति भएको खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
भारतका लागि एकमात्र निर्णायक गोल सुनील क्षेत्रीले गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका हुन् ।
यद्यपि, भारतसँग पराजित भएपनि नेपालको फाइनल पुग्ने सम्भावना भने कायमै छ । माल्दिभ्स ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।
नेपाल ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहँदा भारत ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।