१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तर टाउको दुख्ने समस्या छ, छ भने यसरी पाउनुहोस् छुटकारा



अ+ अ-

काठमाडौं । तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ ।

पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं ।

तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ ।

लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ ।

लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ ।

केरामा प्रशस्त पोटासियम हुन्छ र यसको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नुभयो भने पनि माइग्रेनबाट मुक्ति पाउनुहुन्छ । यसरी बोक्रा बाँध्दा निधारले पोटासियम सोसेर आराम दिन्छ ।

आलस खानुभयो भने पनि माइग्रेनबाट मुक्ति पाइन्छ ।

बकह्वीटमा रुटिन नामक तत्त्व हुन्छ जसले माइग्रेन घटाउन मद्दत गर्छ ।