१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरेलः १५ सय वर्ष पुरानो विशाल र प्राचीन मदिरा बनाउने उद्योग पत्ता लाग्यो



अ+ अ-

एजेन्सी । एउटा १५ सय वर्ष पुरानो वाइन (एक प्रकारको मदिरा) बनाउने स्थल इजरेलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो।

तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजनटाइन समयको विशाल वाइनरी पत्ता लागेको हो ।

त्यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्ने गरेको अनुमान छ।

जटिल उत्पादन प्रक्रियापछि भूमध्यसागरीय क्षेत्र वरपर त्यो वाइन निर्यात गर्ने गरिन्थ्यो।

उत्खननमा काम गरेका मानिसहरूले त्यहाँको कम्पनीको आकार देखेर आफूहरू छक्क परेको बताए।

त्यो क्षेत्रमा पर्यटकका लागि आकर्षक स्थान हुने गरी संरक्षणको काम गरिने योजना छ।

त्यहाँ एक वर्ग किलोमिटर क्षेत्रमा पाँचवटा वाइन बनाउने मशिन थिए।

वाइनलाई लामो समय राखेर बजारमा पठाउन तयार बनाउन र बोतलमा भर्ने स्थानहरू थिए।

र भण्डारणका लागि प्रयोग गरिने जार पोल्ने भट्टीहरू पनि थिए।

उक्त उत्पादनको नाम गाजा एशकेलन वाइन थियो। उक्त वाइन युरोप उत्तर अफ्रिका र एशियामा पनि निर्यात हुन्थ्यो।

त्यस बेला गुणस्तरका लागि पनि त्यो वाइन प्रख्यात थियो। अनि कैयौँका लागि बिहान बेलुकाको अत्यावश्यक वस्तु थियो।

उत्खननमा सहभागी एक निर्देशक जन सेलिगमनले भने, 'यो त्यस बेला पोषणको प्रमुख स्रोत थियो किनभने त्यस बेला पानी त धेरैजसो प्रदूषित थियो।' बीबीसी