१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक छैन: पूर्वराजा शाह (भिडियो सहित)



अ+ अ-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनु भएको छ ।  

 विजया दशमीको अवसरमा भिडियो सन्देश  मार्फत  शुभकामना व्यक्त गर्दे पूर्वराजा शाहले नेपालको सन्दर्भमा प्रजातन्त्र र राजसंस्था एक अर्काको परिपुरक भएको बताउनु भएको हो । सन्देशमा भनिएको छ ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तूल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौँ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौँ’, 

 सन्देशमा भनिएको छ , ‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभुति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौँ ।’

शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीतिक र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’

 ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’भन्दै पूर्वराज शाहले प्रश्न उठाउनु भएको छ । उहाँले कुनै पनि परिवर्तनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्ने पर्ने भन्दै उनले प्रश्न गर्नुभएको छ ।   सन्देशमा भनिएको छ  ‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारिकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ ।’

‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिएकोले हाम्रो मन पोलेको कुरा पनि  सन्देश उल्लेख गर्नुभएको छ । 
हरेक नागरिकलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकारी हुने उनले उल्लेख गर्दे सन्देशमा भनिएको छ ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राज पद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

देशभक्ति र राष्ट्र प्रतिको भावना मानिसमा दविद भए पनि नामेट हुन नसक्ने भन्दै पूर्वराजाले , ‘योग्य समयमा समूचित तरिकाबाट त्यो प्रस्फुठित हुने गर्दछ । केही समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकूल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्रिय अनूराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौँ ।’