१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । 

 समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै  राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो । 

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना  समारोहमा सहभागी हुुनुभयो ।

मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित हुनुुहुुन्थ्यो । 

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभयो । फूूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । 

टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।