१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका विपन्न ३८ परिवारलाई दसैँ खर्च प्रदान



अ+ अ-

कास्की । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो ।

पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो । पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत सामग्री मङ्गलबार ती सामग्री हस्तान्तरण गरिएको हो । उहाँले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको जानकारी दिनुभयो । 

यसअघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागिसमेत सहयोग रकम पठाइएको थियो तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी  अस्पतालबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताउनुभयो । (रासस)