१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना (तस्विर र भिडिओ)



अ+ अ-

काठमाण्डौं  । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उहाँहरुका सुझाव ग्रहण गर्नुभएको छ । महाअष्टमी पर्व विशेष रूपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ ।


 
राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गर्नुभएको थियो । सो अवसरमा मन्दिरमा उपस्थित पूजारी, उहाँहरुका परिवार र सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले विजयादशमी २०७८ का अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

उक्त मन्दिरका पूजारी खगेन्द्र निरौलाले राष्ट्रपतिलाई नवदुर्गाको प्रसाद र टीका लगाइदिँदै मुलुकको आर्थिक विकासका लागि देशका खनिज पदार्थको उत्खनन् गर्न तथा मुलुकभित्रको अपार स्रोत साधनको सही सदुपयोग गर्न सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी निलिक महर्जनले मन्दिर परिसरस्थित ऐतिहासिक ढुंगेधाराको दुरावस्थाका बारेमा अवगत गराउनुभएको थियो ।   


राष्ट्रपति भण्डारीले सदाझैँ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, शोभा भगवतीलगायतका मन्दिरमा दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभयो । 

धार्मिक मान्यतानुसार शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ ।

वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।

शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । रासस