१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी



अ+ अ-

काठमाडौँ ।  नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ । 

 प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लोगेको छ । काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानदेखि खुला गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले साँझ ६ बजेभित्र पसेका सबै भक्तजनलाई दर्शनको व्यवस्था मिलाउने जनाएको छ । 

स्थानीय महादेव मखन क्लबले सुरक्षाकर्मीसँग समन्वय गरी भीड व्यवस्थापनका साथै प्रारम्भिक स्वास्थ्य उपचारमा सहयोग उपलब्ध गराएको छ । उक्त क्लबले इन्द्रजात्रा, गाईजात्रा, शिवरात्रि, तीज, साउनको सोमबार, कृष्णजन्माष्टिमीलगायत पर्वमा त्यस सम्पदास्थलमा आउने भक्तजनको सहजतका लागि आवश्यक सहयोग जुटाउँदै आएको छ । विधिविधानपूर्वक कुमारीलाई राति ९ बजे मूल चोकमा ल्याएर तलेजु भवानीको दर्शन गराइने गौतम शाक्यले जानकारी दिनुभयो । कुमारीघरबाट मूलचोकसम्म कुमारीलाई लगिनेछ । जीवित देवीका रुपमा आस्था प्रकट गरिन्छ । 

कामपा–२४ का वडा सदस्य विनोद तुलाधरले मन्दिर तथा त्यस आसपास क्षेत्रमा आएका भक्तजनलाई आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर बन्द गरिएको थियो । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइने गरिन्छ भने दशमीका दिन बिहान शुभ सइतमा मूल मन्दिरमा लगिन्छ । मूलचोकमा अष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

 मुलुकमा कुनै प्रकारको अनिष्ट नहोस् भनेर समग्र देश र जनताको कल्याणको कामना गर्दै तान्त्रिक विधिबाट बलि दिने परम्परा छ । राज्य सञ्चालनका क्रममा शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजासमेत गर्ने परम्परा छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित कोतपूजा गरिन्छ । काठमाडौँ उपत्यकामा भएका सात विश्व सम्पदास्थलमध्ये महत्वपूर्ण मानिएको यस क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिर देख्न सकिन्छ । 

त्यसैगरी प्राचीन कला, संस्कृतिको जीवन्ततासमेत यहाँ हेर्न पाइने भएकाले पर्यटकीयस्थलका रुपमा समेत विकास भएको छ । त्यस्तै आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ । 

यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् । 
 
मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा शक्तिपीठको पूजा, आराधना गरिने हुँदा  भक्तजन दर्शनका लागि पुग्ने गर्दछन् ।  काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने विश्वास छ । काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि बलिसहित पूजा गरिने हुँदा सम्बन्धित स्थानका भक्तजनको घुइँचो लाग्ने गर्दछ । रासस