२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ एकता र भ्रातृत्व विकासको अवसर: मुख्यमन्त्री शाही



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताउनुभएको छ ।

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको  नेपाली समाजमा दसैँलगायतक चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो ।  

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको  मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।