१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको दायरालाई राम्रोसँग बुझेको छु, शंका नगरौं: प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले  शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धता रहेको जनाउनु भएको  छ ।

बडा दशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले  संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता जनाउदै विधिको शासनसम्बन्धी अवधारणाप्रति आफ्नो निष्ठापूर्वकको प्रतिबद्धता रहेको जनाउनु भएको हो ।

उहाँले ‘चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्ने जनाउनु भएको छ । उहाँले  ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात् गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायधीस राणाले स्वतन्त्र न्यायपालिकाको मर्म र भावनालाई कहि कतैबाट आँच आउन नदिन आफू सचेत, गम्भीर र संवेदनशिल रहेको स्पष्ट पार्नुभएको छ । शुभकामना सन्देशमा अनावश्यक रूपमा हुने आशङ्का वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामनासमेत गर्नुभएको छ ।

उँहाले  कोरोना महामारीको जोखिम कायम रहेको भन्दै चाडपर्व मनाउदा सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभएके छ ।