१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको दायरालाई राम्रोसँग बुझेको छु, शंका नगरौं: प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले  शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धता रहेको जनाउनु भएको  छ ।

बडा दशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले  संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता जनाउदै विधिको शासनसम्बन्धी अवधारणाप्रति आफ्नो निष्ठापूर्वकको प्रतिबद्धता रहेको जनाउनु भएको हो ।

उहाँले ‘चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्ने जनाउनु भएको छ । उहाँले  ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात् गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायधीस राणाले स्वतन्त्र न्यायपालिकाको मर्म र भावनालाई कहि कतैबाट आँच आउन नदिन आफू सचेत, गम्भीर र संवेदनशिल रहेको स्पष्ट पार्नुभएको छ । शुभकामना सन्देशमा अनावश्यक रूपमा हुने आशङ्का वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामनासमेत गर्नुभएको छ ।

उँहाले  कोरोना महामारीको जोखिम कायम रहेको भन्दै चाडपर्व मनाउदा सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभएके छ ।