१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको उत्कृष्ट प्रदर्शन जारी, वाटफोर्ड ५ गोलले पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको यस सिजनमा राम्रो सुरुआत गरेको लिभरपुलले वाटफोर्डलाई ५ – ० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलका स्टार स्टाइकर साडियो मानेले पहिलो हाफको नवौं मिनेटमै मोहम्मद सलाहले दिएको क्रसपासमा गोल गरेर टिमलाई अघि बढाएका थिए ।

त्यसपछि पनि लिभरपुलले वाटफोर्डमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा रोबर्टो फर्मिनोले लिभरपुलका लागि दोस्रो गोल गरे । फर्मिनोले ५२ र ९१ औं मिनेटमा पनि अरु दुई गोल गरी ह्याटिक पूरा गरेका थिए ।

लिभरपुलका लागि मोहम्मद सलाहले ५४औं मिनेटमा एक गोल गरे ।

यस खेलमा १९ पटक लिभरपुलले वाटफोर्डको पोस्टमा प्रहार गरेको थियो । खेलमा ७७ प्रतिशत बल लिभरपुलले नियन्त्रणमा राखेर वाटफोर्टमाथि दबाब बनाएको थियो ।
यो जितसँगै ८ खेलबाट लिभरपुलले १८ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ ।

आजै म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लेस्टर सिटीका खेलहरु रहेका छन् ।