१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप: नेपाल र भारत बीच खेल सुरु



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल  सुरु भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा सुरु भएको  फाइनलमा खेलमा दुबै देश उपाधी जित्ने दाउमा रहेका छन् ।  पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । 

साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ ।  यता साफमा भारत सबैभन्दा सफल टिम रहेको छ । भारतले ७ पटक उपाधि आफ्नो नाममा गराइसकेको छ । लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो ।

जहाँ भारतले नेपाललाई १(० गोलले पराजित गरेको थियो । हेड टु हेडको कुरा गर्दा भारत नेपालविरुद्ध पुर्णरुपमा हाबी छ । यी दुई टिमबीच २२ पटक खेल भएको छ । जसमा भारतले १५ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।यता भारतविरुद्ध नेपालका फरवार्ड अन्जन विष्टले यसअघिका खेलहरुमा दुई पहेलो कार्ड खाएको कारण फाइनल खेल गुमाउने छन् ।