२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुस्मा नगरपालिकाले नेपाली फुटबल टोलीलाई २ लाख पुरस्कार दिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

शनिबार राती भएको फाइनलमा भारतसँग नेपाल ३–० गोलअन्तरले पराजित भएपछि पहिलोपटक उपाधि जित्न चुकेको थियो । 

कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जनाएका छन् ।