१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको परिमार्जित विधान तयार (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडाै । नेकपा एमालेले विधान महाधिवेशनबाट पारित गरेको विधानलाई पूर्णता दिएको छ ।

२०४९ सालमा बनेका नेकपा एमालेको विधान प्रथम विधान महाधिवेशन २०७८ बाट परिमार्जन भएको छ । विधानमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद नै रहेको छ ।

यसै गरी नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्नेक्रममा जननेता मदन भण्डारीको अगुवाइमा ‘जनताको बहुदलीय जनवाद’ विकसित भएको हो ।

यस नवीनतम् वैज्ञानिक सिद्धान्तले हामीलाई हाम्रा सम्पूर्ण कामहरूमा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गरिरहने छ भन्ने उल्लेख गरिएको छ । पार्टीका आदर्श कार्यान्वयन गर्न तथा पार्टीलाई व्यवस्थित रुपमा सुसञ्चालन गर्न २०७८ असोज १५–१७ मा सम्पन्न प्रथम विधान महाधिवेशनबाट नेकपा (एमाले) को विधान, २०४९ मा आवश्यक संशोधन गरी यो विधान जारी गरिएको जनाईएको छ ।

विधानको पूर्णपाठ