१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली र ठूलीगाडको भँगालोमा फसेका ७ जनाको उद्धार गरिँदै



अ+ अ-

कञ्चनपुर । केही दिनदेखिको अविरल वर्षाका कारण नदीहरुमा बाढी चलेपछि कञ्चनपुर र कैलालीका टापुमा ७ जना फसेका छन् । 

कञ्चनपुरमा पर्ने महाकालीको भँगालोमा ५ जना र कैलालीमा पर्ने ठुलीगाडको भँगालोमा फसेका २ जनाको उद्धार प्रयास जारी छ ।

कञ्चपुरको भीमदत्त नगरपालिका– ९ खल्लामसेटी भन्ने स्थानमा सोही स्थानका ५ जना महाकालीको भँगोलमा फसेका हुन् । उनीहरुको उद्धारका लागि सुरक्षाकर्मीको टोली पुगेको बताइएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली सो स्थानमा पुगेको हो ।

यस्तै सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयार रहे पनि खराब मौसमका कारण उड्न नसकेको बताइएको छ ।