१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली र ठूलीगाडको भँगालोमा फसेका ७ जनाको उद्धार गरिँदै



अ+ अ-

कञ्चनपुर । केही दिनदेखिको अविरल वर्षाका कारण नदीहरुमा बाढी चलेपछि कञ्चनपुर र कैलालीका टापुमा ७ जना फसेका छन् । 

कञ्चनपुरमा पर्ने महाकालीको भँगालोमा ५ जना र कैलालीमा पर्ने ठुलीगाडको भँगालोमा फसेका २ जनाको उद्धार प्रयास जारी छ ।

कञ्चपुरको भीमदत्त नगरपालिका– ९ खल्लामसेटी भन्ने स्थानमा सोही स्थानका ५ जना महाकालीको भँगोलमा फसेका हुन् । उनीहरुको उद्धारका लागि सुरक्षाकर्मीको टोली पुगेको बताइएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली सो स्थानमा पुगेको हो ।

यस्तै सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयार रहे पनि खराब मौसमका कारण उड्न नसकेको बताइएको छ ।