१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना



अ+ अ-

काठमाडौँ । पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक के. सी. ले दोसल्ला ओढाएर र रुद्राक्षको माला लगाइदिएर सम्मान प्रदान गर्नुभएको थियो । त्यसपछि उहाँहरु जेष्ठ नागरिक बसेको ठाउँमा गएर टीका ग्रहण गर्नुभएको थियो ।

त्यस अवसरमा पूर्व उपप्रधानमन्त्री पोखरेलले, दशै पर्वले सबै भाषाभाषी र जातजातिलाई सामाजिक सद्भावको सुत्रमा बाँधेको उल्लेख गर्नुभयो । यो आपसी सम्बन्ध स्थापना गर्ने समय पनि हो । जातजाति र भाषाभाषीकाविच आपसी दुःख सुख र सौहाद्र्रताका लागि दशैँ पर्वले ठूलो भूमिका खेलेको छ । यसको सवल पक्षको प्रयोग गर्ने कामलाई वडाले अघि बढाउनु उदाहरणीय काम हो । पोखरेलको भनाइ थियो ।
 
जेष्ठ नागरिकको सहज जीवनका लागि काठमाडौँ महानगरपालिकाले महानगर विशेष भत्ताको व्यवस्था गरेको छ । कार्यक्रममा महानगरका प्रमुख शाक्यले भन्नुभयो, हरेक वडामा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउँदै छौँ । जेष्ठ नागरिकमैत्री पार्क निर्माण गर्दैछौँ । स्वास्थ्य उपचारलाई सहज बनाउने प्रणाली विकास गर्दैछौँ ।

दशैको टीकालाई समावेशी बनाउन खोजेका छौँ । यहाँ हामीले जात छुट्याएका छैनौँ । वडामा भएका जुनसुकै जातका भए पनि जेष्ठ नागरिकलाई बोलाएका छौँ । सबैले सबैलाई टीका लगाइदिनुहुन्छ । वडाध्यक्ष के. सी., भन्नुहुन्छ, यसलाई हामीले वडाका क्रियाकलापका रुपमा चलाएका छौँ । हरेक वर्ष दशैँमा वडामा भएका बुबाआमाहरुबाट सामुहिक रुपमा शुभकामना लिने चलन चलाएका छौँ । 

त्यस क्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँहरुले विशिष्ट व्यक्तित्वहरुसँगै आगन्तुकलाई टीका लगाएर आशीर्वाद दिनुभएको थियो । 
उहाँहरुलाई खीरसहित भोजनको व्यवस्था गरिएको थियो ।