१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा पहिरोले गाउँ नै पुरियो



अ+ अ-

काठमाडौं । बझाङमा पहिरोले गाउँ नै पुरिएको छ । गाउँ नै पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन् । 

थलारा गाउँपालिका-४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन् ।  बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको बताइएको छ ।

टेलिफोन सेवा अवरूद्ध  हुँदा प्रहरीलाई समेत खबर गर्न नसकिएको बताइएको छ । 

स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूको खोजी गर्न सकेका छैनन्।