१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च



अ+ अ-

कञ्चनपुर । महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । 

पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३  मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ ।

सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो ।

सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् । 

नदीको पानी भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, ऐरी, ब्रम्हदेव र दोधारा चाँदनी क्षेत्रका बस्तीमा पसेको छ । गएरातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन् । 

स्थानीय सङ्घसंस्थाले उद्धार गरिएका बासिन्दालाई तत्काल आवश्यक पर्ने राहतका कार्यक्रम सञ्चालन गरेका छन् । महाकाली नदीले तटबन्धसँगै नयाँ बन्दै गरेको पुल जोडने पहुँच मार्ग भत्काउने क्रम जारी राखेको छ । मार्ग भत्कीएमा तटीय क्षेत्रका पूरै बस्ती जलमग्न भई क्षति हुने सम्भावना बढेको छ । (रासस)