१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स खाता खोल्दा सिमकार्ड पाइने



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् । 

उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निशुल्क उपलब्ध हुनेछ । यसैगरी सहयात्री सिमकार्डमा रु. २० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ । 

यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र रु. १०० वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ । 

सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवम् मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेछन । 
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।