१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा बाढीका कारण ९६० घर प्रभावित



अ+ अ-

बर्दिया । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।

राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । 

कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका छन् ।