१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु



अ+ अ-

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोमा पुरिएर ६ जनाले ज्यान गुमाएका छन् । 

पहिरोले पुरिँदा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाहीको मृत्यु भएको हो । 

पहिरो पन्छाएर उनीहरुको शव निकालिएको बताइएको छ ।