• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण



काठमाडौ ।तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको  अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते  अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान  गभएको थियो ।

एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड

कोरोना सक्रमणका कारण उक्त अवार्ड अमेरिकी सरकारले नेपालमा रहेको आफ्नो दुताबासमा पठाएकाे थियो । सोही अवार्ड मंगलबार दुताबासमा एक कार्यक्रमको आयोजना गरी  खातुनलाई हस्तान्तरण गरिएको हो ।  

प्रधानमन्त्रीपत्नी तथा सबिधानसभाका पूर्व सदस्य डा आरजु राणा देउवा, पूर्व प्रधानन्यायधीस शु्सीला कार्की , न्यायधीस सपना मल्ल प्रधान , नेपाली काग्रेसकी नेतृहरु पुष्पा भुषाल , भूमिका श्रेष्ठ, अधिकारकर्मी मोहना अन्सारी ,रेणु सिजापती र प्रिन्सा रेग्मीको उपस्थितीमा  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मुस्कानलाई हस्तान्तरण गर्नुभएको हो । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको  निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा  दुई किशोरले तेजाब प्रहार गरेका थिए । तेजाबबाट  खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो   । लामो  समय सम्म  कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।  बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो ।