१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

सल्यान । आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।