१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । केही दिन देखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ ।  ईलामको देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्योदय नगरपालिका र मान्सेवुङ गाउँपालिककामा गरी १३ जनाको निधन भएको जिल्ला प्रहरी कार्यलय ईलामले जनाएको छ ।  

प्रहरीका अनुसार देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्य  ,फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको  पहिरोमा परि मृत्यु भएको छ । यसैगरी सुर्योदय नगरपालीका वडा नं ३  नेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । 

यसैगरी मान्सेवुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राई र माई नगरपालिका–३ घर भएका तेजमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।