२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । केही दिन देखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ ।  ईलामको देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्योदय नगरपालिका र मान्सेवुङ गाउँपालिककामा गरी १३ जनाको निधन भएको जिल्ला प्रहरी कार्यलय ईलामले जनाएको छ ।  

प्रहरीका अनुसार देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्य  ,फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको  पहिरोमा परि मृत्यु भएको छ । यसैगरी सुर्योदय नगरपालीका वडा नं ३  नेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । 

यसैगरी मान्सेवुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राई र माई नगरपालिका–३ घर भएका तेजमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।