१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा भोलि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (बिहीबार) सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय भएको हो ।

यसका साथै सरकारले बाढीपहिरोबाट ज्यान गुमाउनेहरुका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

यस्तै बैठकले बाढीपहिरोबाट प्रभावितलाई घर बनाउन हिमालमा भए पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ । 

यस्तै बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।