१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा भोलि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (बिहीबार) सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय भएको हो ।

यसका साथै सरकारले बाढीपहिरोबाट ज्यान गुमाउनेहरुका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

यस्तै बैठकले बाढीपहिरोबाट प्रभावितलाई घर बनाउन हिमालमा भए पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ । 

यस्तै बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।