१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई दुई लाख दिने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । 

बाढी–पहिरोबाट प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

यस्तै सरकारले बाढी–पहिरोबाट विस्थापित भएकाहरुका लागि अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

यो पनिः प्रधानमन्त्री देउवा भोलि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने