१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा पहिरोमा परी ४ जनाको मृत्‍यु



अ+ अ-

बझाङ । बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको खप्तडछन्ना गाउँपालिका-५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ । 

त्यस्तै खप्तडछन्ना गाउँपालिका-६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्‍यु भएको हो ।