१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु



फाईल फोटो
अ+ अ-

पाँचथर । पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ ।

यहाँ थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकिरहेको उहाँले बताउनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिस बेपत्ता रहेको र उद्धार तथा खोजी जारी रहेको बताउनुभयो ।

अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन । वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन । यहाँ हिजोदेखि निरन्तर वर्षा भइरहेको छ ।