१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । हाल भारतको बिहारमा  रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभावका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक  दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।