२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । हाल भारतको बिहारमा  रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभावका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक  दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।