२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बस्ने भएको हो।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल हुने भएको छ । 

राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ।

एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ।