१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ



अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिले बिहीबारको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको हो ।  

मूल्यविवरण अनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ पर्नेछ । 

त्यस्तै, कागती प्रतिकेजी १५० रुपैयाँ, किवि २३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, लोकल गाजर १३० रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ कायम गरेको छ । 

यस्तै टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३७ रुपैयाँ ५० पैसा,  सिमि ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ । 

विस्तृतमा हेर्नुस् यस्तो छ मुल्यसुची