१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला रु तिन सयले बढेको हो । 

बुधबार ९१ हजार ४०० कायम भएको छापावाल सुन आज भने प्रतितोला रु तिन सयले बढेर ९१ हजार ७०० कायम गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । 

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ जुन बुधबार प्रतितोला प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला  एक हजार २३५ मा कारोबार भएको थियो ।