२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा बाढीपहिराले बैतडीमा पुर्‍याएको क्षतिबारे जानकारी



अ+ अ-

बैतडी । बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताउनुभयो । ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो । यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पुर्‍याएपछि उनीहरु विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहनुभएको छ । 

प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । रासस