१५ असार २०८३, सोमबार
,
Latest
सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुडफ्रेस बनाउन माओवादी अध्यक्ष दाहाल सुकुटेमा



अ+ अ-

काठमाडौ । वर्तमान सरकार निर्माणका एक प्रमुख खेलाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता गठबन्धन भित्रको तनाब र किचलो व्यबस्थापनमा गर्दाको मानसिक थकाई कम गर्न परिबार सहित सिन्धुपाल्चोकको एक रिसोर्टमा पुग्नु भएको छ ।  

बिहिबार दिउसो चार बजे तीर सुकुटे पुग्नु भएका दाहालले सुनकोसी नदि मा र्‍याफ्टिङको आनन्द पनि लिनु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा ,माधव सापकोटा वाइसीएल का पुर्व अध्यक्ष दिपशिखा,जिल्ला सयोजक गोबिन्द पराजुली लगाएत नेताहहरुसंग दाहालले मुडफ्रेस बनाउनु भएको छ ।

शान्ति प्रक्रियामा आए देखी नै माओवादीका अध्यक्ष दाहाल तनाव कम गर्न सिन्धुपाल्चोकको बिभिन्न रिसोर्टमा जानु गर्नुभएको थियो । वाढी पहिरोको प्रभावले मुलुक आक्रान्त भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा स्थलगत भ्रमणका लागि सूदुरपश्चिमका जिल्लाहरुमा पुग्नु भएको छ भने दाहाल सुकुटेमा मुडफ्रेस बनाउन जानु भएको छ भने माधब नेपाल काठमाडौमा दलको काममा व्यस्त रहनु भएको छ ।

हिजो मात्र  प्रमुख प्रतिपक्षदल नेकपा एमालेका नेता केपी ओलीले प्रधानमन्त्री देउवालाई प्रचण्डको नायवी सरकार भएको आरोप लगाउनु भएको थियो ।