१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रदेश १ र बाग्मतीमा हल्का वर्षा, ठूलाे वर्षाकाे सम्भावना छैन



अ+ अ-

काठमाडौँः  एक सातामा नेपालमा भिषण वर्षा भए पनि नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बाग्मती प्रदेशका १, २ स्थानमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, बाग्मती र गण्डकीका १, २ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बाग्मती, गण्डकी सहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध छ ।​​