२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसिज सप्ताह शनिबारदेखि



अ+ अ-

बागलुङ । शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ । 

सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ ।

त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिनुभयो । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।

अघिल्लो वर्ष कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट जेसिज सप्ताह मनाइएको थियो । जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् । रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पु¥याउनु सप्ताहको उद्देश्य रहेको बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि सन्देश दिन ‘स्लो बाइक रेस’ देखि स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रासम्मका कार्यक्रमलाई सप्ताहमा समेटिएको छ ।