१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा र पालिका अधिवेशनबारे एमालेको परिपत्र : सर्वसम्मत नभए मात्र निर्वाचनमा जानू



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले वडा र पालिका अधिवेशनका लागि मातहतका निकायलाई परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरिएको परिपत्रमा अधिवेशनमा नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउनु पर्ने उल्लेख गरेको छ । 

कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भन्दै त्यसमा जोडिने व्यवस्था गर्न समेत परिपत्रमा निर्देशन दिदै भर्चुअल माध्यमबाट सम्भव भएसम्म सबैलाई संयुक्त रूपमा सम्बोधन गर्ने भनिएको छ ।

 'वडा अधिवेशन भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ,' परिपत्रमा लेखिएको छ, 'यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसका लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशनपरिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ।'

यस्तै अधिवेशन सञ्चालन गर्न जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणका लागि जिम्मेवारी तोक्ने परिपत्रमा उल्लेख छ ।

वडा अधिवेशन सम्पन्न भएपछि पदाधिकारीसहितका कमिटीका फोन नम्बर र इमेलसहित नामावली, अद्यावधिक विवरण जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।